हराएका मोबाईल धनीकै हातमा

हराएका मोबाईल धनीकै हातमा
सुन्नुहोस्

चितवन प्रहरीले विभिन्न मितिमा विभिन्न स्थानबाट हराएका मोबाईल फोन खोजेर सम्बन्धित धनीलाई बुझाइदिएको छ । 

जिप्रका चितवनले मोबाईल फोन हराएको भनी प्राप्त निवेदनको सम्बन्धमा खोजतलास गर्दा फेला परेका २१ थान मोबाईल आज सम्बन्धित धनीहरुकै हातमा थमाइएको हो । स्याम्सुङ्ग, रेड्मी, ओपो, भिभो, पोको, आइफोनलगायत बिभिन्न कम्पनीका ती मोबाईलहरु चितवनलगायत अन्य जिल्लाहरुमा चलाइरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । 

उक्त मोबाइलको मूल्य लगभग आठ लाख पर्ने बताइएको छ ।
 

टिप्पणीहरू