अस्तिको क्याविनेट बैठकका १३ निर्णय आज सार्वजनिक
सरकारले एउटै कामका लागि स्थापना भएका अलग-अलग संरचनालाई मर्ज, खारेज वा हस्तान्तरण गर्नेबारे सुझाव कार्यान्वयन गर्न उच्चस्तरीय कार्यदल बनाउने भएको छ ।
अस्ति मंगलबार बसेको क्याविनेट बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो । त्यस्तै, नेपाल खानेपानी संस्थानको महाप्रवन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरिएको छ । नेपाल प्रहरीका एआइजी रविन्द्र केसीको राजीनामा स्वीकृत गरेको छ ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको ५८ औँ नियमित बैठकमा सहभागिताका लागि परराष्ट्रमन्त्रीलाई जेनेभा जान क्याविनेटले अनुमति दिएको छ । नेपाल सरकारका नाममा दर्ता रहेको सरकारी जग्गा प्रसुती गृह निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, वडा कार्यालय भवन निर्माण र आयुर्वेद औषधालय भवन निर्माणका लागि मायादेवी गाउँपालिका, रुपन्देहीलाई उपयोग गर्न सरकारले स्वीकृत दिएको छ ।
औद्योगिक व्यावसाय पहिलो संशोधन नियमावली २०८१ पनि क्याविनेटबाट स्वीकृत भएको छ ।


टिप्पणीहरू