नेपाल–पाकिस्तान क्रिकेट प्रतियोगिताको उपाधि हिमालयन क्रिकेट एकेडेमीलाई

नेपाल–पाकिस्तान क्रिकेट प्रतियोगिताको उपाधि हिमालयन क्रिकेट एकेडेमीलाई
सुन्नुहोस्

काठमाडौस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको नेपाल–पाकिस्तान मैत्री टी २० क्रिकेट प्रतियोगिता २०२५ मा हिमालयन क्रिकेट एकेडेमी विजयी भएको छ । १० औं श्रृंखलाको प्रतियोगितामा एन्जल्स स्पोर्टस एकेडेमी उपविजेता भएको छ । विजेता र उपविजेता टिमलाई आज आयोजित विशेष समारोहमा ट्रफी र पुरस्कार प्रदान गरिएको छ ।

माघ २६ गतेदेखि सञ्चालित प्रतियोगितामा १२ टिम सहभागी थिए । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पुरस्कृत टोलीलाई ट्रफि र पुरस्कार प्रदान गरिएको पाकिस्तानी दूतावासले जनाएको छ । कार्यक्रममा सहभागी विशेष अतिथिहरुले उत्कृष्ट खेलाडी र अफिसियलहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

विशेष अतिथिको रुपमा नेपालका लागि चीनका राजदूत छन सोङ, इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलेग्बालीलगायत झण्डै एक दर्जन पाहुना समारोहमा उपस्थित रहेको बताइन्छ । पाकिस्तानी दूतावासका अधिकारी, उनीहरुका परिवार, काठमाडौंमा रहेको पाकिस्तानी समुदायको बाक्लो उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राजदूत अब्रार एच हास्मिीले यस्ता प्रतियोगिताले दुई मुलुकका युवाहरुलाई एकताबद्ध र भाइचारा सम्बन्ध कायम राख्न सहयोग पुग्ने धारणा राख्नुभएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगिता सञ्चालनमा हिमालयन बैंक र ग्लोबल आईएमई बैंकको सहयोग थियो ।

तस्बिरहर

​​​​​​​

टिप्पणीहरू