डिआईजीको दौडवालालाई तीन दिनको म्याद

डिआईजीको दौडवालालाई तीन दिनको म्याद
सुन्नुहोस्

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको प्रहरी नायब महानिरीक्षक (डिआईजी) पदका लागि सम्भाव्य प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उम्मेदवारसँग शैक्षिक प्रमाणपत्रलगायत आवश्यक कागजात मागिएको छ । गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले खाली रहेको डिआईजी पदमा बढुवाका लागि सम्भाव्य उम्मेदवारलाई फाराम भरेर आवश्यक कागजात पेश गर्न भनेको हो । 

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ डिआईजीको तीन पद रिक्त छ । समितिको आज बिहान बसेको बैठकले फारामसहित बढुवा प्रयोजनार्थ आवश्यक पर्ने शैक्षिकसहित अन्य प्रमाणपत्र माग गर्ने निर्णय गरेको थियो । सोहीअनुसार समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले एक सूचना जारी गर्दै सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ५१ सँग सम्बन्धित अनुसूची–१३ बमोजिम मूल्याङ्कन फाराम भरी प्रमाणपत्रसहित तीन दिनभित्र बुझाउन सूचित गराएका छन् ।

‘सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहमा रिक्त सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम (१) को (क) बमोजिम बढुवाद्धारा पदपूर्ति गर्नुपर्ने भएकोले साधारण समूह, साधारण उपसमूहतर्फका ऐ.नियमावलीको नियम ४० बमोजिम बढुवाका सम्भाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाण–पत्रका प्रतिलिपिहरु संलग्नगरी ऐ.नियमावलीको नियम ५१ सँग सम्बन्धित अनुसूची–१३ बमोजिमको मूल्याङ्कन फाराम भरी यो सूचना प्रकाशन भएको मितिले ३ दिनभित्र श्री गृह मन्त्रालय, बढुवा समितिको सचिवालयमा पेश गर्नहुन...’,सूचनामा उल्लेख छ ।

टिप्पणीहरू