प्रधानमन्त्री रोष्ट्रममै झोक्किएपछि...

प्रधानमन्त्री रोष्ट्रममै झोक्किएपछि...
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली संसदमा बोल्ने क्रममा झोक्किनुभएको छ । आम आद्मी पार्टीका अध्यक्ष प्रभु शाहले सोधेको प्रश्नमा उहाँले रिसाउँदै जवाफसमेत दिनुभएन । 

प्रधानमन्त्रीसँग प्रश्नोत्तर सत्रमा सांसद साहले सोधेका थिए, ‘७० लाख युवा विदेशमा छन्, उनीहरुलाई खाडीमा धकेलेर तपाईंहरुले के लाभ पाउनुभयो ? कर आतंक रोक्ने उपाय के हो ? तपाईंले सार्वजनिक मञ्चमै भारत भ्रमणमा जाँदैछु भन्नुभएको थियो, त्यो कहिले हो ? निम्तो नआएरै किन जान्छु भन्नुभयो ? यो सरकारसँग बहुमत छ र बलियो छ भन्नुहुन्थ्यो, तर अहिले सत्ता सहकार्य गरेका दल नै तपाईंले ल्याएका अध्यादेशलाई साथ नदिने निर्णयमा पुगेका छन्, अब कुन नैतिकताले पदमा बसिरहनुहुन्छ ?’ 

लगत्तै जवाफ फर्काउनुभएका प्रधानमन्त्री ओलीले सांसद साहको शब्दप्रति आपत्ती जनाउनुभयो । ‘उहाँका प्रश्नहरु, विरोध, घृणा, आक्रोश संसदजस्तो गरिमामय ठाउँमा यस्तो भाषा सुहाउँदैन’, उहाँले झोक्किँदै सोध्नुभयो, ‘विदेशमा युवा पठाएर के लाभ भयो ? भन्ने, म म्यानपावर कम्पनीका मान्छे हो ? यो ७० लाख युवा आठ महिनामा गएका हुन् ?’ 

त्यसपछि केहिबेर शान्त रहनुभएका ओलीले ‘उत्तर आफैं थाहा पाउनुभएको छ’ भन्दै बाँकी जवाफ दिनुभएन । अघि थप्नुभयो, ‘उहाँको प्रश्नहरुमा मैले जवाफ दिनरहनु पर्दैन । उहाँको सबै प्रश्नले आफ्नै उत्तर बोकेर आएका छन्, धन्यवाद ।’

टिप्पणीहरू