फेरिए प्रधानमन्त्रीका पिएसओ
प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सुरक्षा अधिकृत (पिएसओ) फेरिएका छन् । नेपाल प्रहरीका डिएसपी नवीन कार्कीले सम्हाल्दै आएको कमाण्ड अर्का डिएसपी केशव भट्टराईलाई दिइएको छ ।
डिएसपी कार्की एसपीमा बढुवा भएपछि जिम्मेवारी हेरफेर भएको बताइन्छ । नयाँ जिम्मेवारी पाएका भट्टराई यसअघि जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत थिए । उनलाई प्रधानमन्त्रीको पिएसओको रुपमा काज सरुवा गरिएको जनाइएको छ ।
टिप्पणीहरू