प्रधानमन्त्रीले बोलिरहँदा 'हल्ला नगर्न' रुलिङ

प्रधानमन्त्रीले बोलिरहँदा 'हल्ला नगर्न' रुलिङ

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलिरहेको छ । प्रश्नोत्तरका लागि १० जना सांसदले नाम टिपाएकोमा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले चौंथो प्रश्नको जवाफ दिँदै हुनुहुन्छ । 

पूर्वमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रधानमन्त्रीलाई पहिलो प्रश्न सोध्नुभएको थियो । भूकम्पपछिको पुनर्निर्माण साथै विकास निर्माणका सम्बन्धमा सांसद ज्वालाको प्रश्नमा प्रधानमन्त्री ओलीले केही कटाक्षपूर्ण जवाफ पनि दिनुभयो । 

प्रधानमन्त्रीले जवाफ दिइरहँदा सांसदहरु आपसमा कुराकानी गर्न थालेपछि सभामुखले 'हल्ला नगर्न' आग्रहसमेत गर्नुपर्यो । जवाफ दिँदादिँदै प्रधानमन्त्री ओली अगाडि हेर्दै रोकिएपछि सभामुख देवराज घिमिरेले भन्नुभयो, 'माननीय सदस्यहरु आपसमा कुराकानी नगरिकन प्रश्नको उत्तर सुन्न म अनुरोध गर्छु !'

टिप्पणीहरू