‘सामाजिक सञ्जाललाई नियन्त्रण गर्न पाईंदैन’ भन्दै नाराबाजी
सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल विधेयकलाई मानव अधिकार तथा प्रयोगकर्तामैत्री बनाउन माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाज, नेपालले आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
उनीहरुले ‘सामाजिक सञ्जालमाथि कानूनी जञ्जाल बन्द गर’,‘सामाजिक सञ्जाल विधेयकः सरोकारवालाहरुसँग परामर्श र सहमतिपश्चात् मात्र अघि बढाऊ’,‘सामाजिक सञ्जालको प्रयोग मर्यादित हुनुपर्छ, कानुन पनि मानव अधिकारमैत्री हुनुपर्छ’,‘सूचना प्रविधि एवं सामाजिक सञ्जाल कानुन प्रयोगकर्ता मैत्री बनाऊ’,‘प्रेस र अभिव्यक्ति स्वतन्त्रता संविधानको प्राण हो’,‘प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने विधेयक फिर्ता गर’,लगायतका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा समाजकी सभापति रेनुका पौडेल,सल्लाहकारहरु रामकृष्ण बराल र रामप्रसाद जोशी, पूर्वसभापति होमकान्त चौंलागाई, कोषाध्यक्ष चन्द्रमणि बञ्जारा, नेपाल चिकित्सक संघका पूर्वसभापति डा.केदारनरसिंह केसीलगायतको उपस्थिति थियो । त्यसैगरी, समाजका जिल्ला शाखाहरुले पनि आज प्रदर्शन गरेका छन् ।
विधेयकका केही प्रावधान संविधानप्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत दुरुपयोग हुनसक्ने सम्भावना रहेको उल्लेख गर्दै समाजले सरोकारवालासँग व्यापक परामर्श गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
टिप्पणीहरू