प्रधानमन्त्री र भारतीय ऊर्जामन्त्रीबीच के साइनो ?

सुन्नुहोस्

ऊर्जा, जलस्रोत तथा सिन्चाइमन्त्री दीपक खड्काले भारतबाट फर्केर अचम्मको रहस्य खोलेका छन् । उनले भारतीय ऊर्जामन्त्री मनोहरलाल खट्टरले नेपाल भ्रमण गरेपछि मात्रै केपी शर्मा ओली नयाँ दिल्ली जाने नयाँ कुरा खोलेका हुन् ।

‘इन्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर हिजो स्वदेश फर्किएका उनले छिट्टै भारतीय ऊर्जामन्त्रीको नेपाल भ्रमण हुने उल्लेख  गरे । अगाडि भने, ‘ ऊर्जामन्त्री भारतबाट आइसकेपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिट हुने कुरा छ । त्यसपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिटको मिति तय हुन्छ भन्ने हाम्रो अनुमान छ ।’

यता प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेको सात महिना बितिसक्दा समेत भ्रमणका लागि नयाँ दिल्लीले ग्रिन सिग्नल दिएको छैन । दक्षिणबाट भ्रमणको संकेत नदेखिएपछि उहाँ गत मंसिर तेस्रो साता चीनको राजकीय भ्रमणमा जानुभएको थियोे  ।
 

टिप्पणीहरू