म्याग्रसका औषधिमाथि प्रतिबन्ध, प्रयोग नगर्न आग्रह

म्याग्रसका औषधिमाथि प्रतिबन्ध, प्रयोग नगर्न आग्रह
सुन्नुहोस्

औषधि व्यवस्था विभागले बाराको म्याग्रस फार्मा प्रालिद्वारा उत्पादित औषधि बेचबिखनमा रोक लगाएको छ । बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएपछि विभागले बेचबिखनमा रोक लगाएको जनाएको छ । विभागका अनुसार म्याग्रस फर्माद्वारा उत्पादित ब्याच नम्बर केएम २३००१ को लिनागलिप्टिल एण्ड मेटफोमिन एचसीएल ट्याब्लेटमाथि प्रतिबन्ध लगाएको छ ।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम ती औषधिको बिक्रीवितरण रोकेर बजारबाट तुरुन्त फिर्ता लैजान विभागले निर्देशन दिएको छ । उक्त औषधिको सिफारिस, बिक्रीवितरण र प्रयोगसमेत नगर्न नगराउन विभागले सबैलाई अनुरोध गरेको छ ।

टिप्पणीहरू