‘बासमति चामल कसको,भारतको कि पाकिस्तानको ?
बासमति चामल भारतको कि पाकिस्तानको भन्ने विवादमा पाकिस्तानले बाजी मारेको छ । अन्तर्राष्ट्रिय बजारमा बासमतिको अधिकार र स्वामित्व आफ्नो रहेको भारतले दाबी गर्दै आएको थियो । अष्ट्रेलिया र न्युजिल्याण्डले उक्त दाबीलाई अस्वीकार गर्दै पाकिस्तानको पक्षमा निर्णय सुनाएका छन् ।
पाकिस्तानी अधिकारीहरुका अनुसार यही विषयको विवादमा युरोपियन युनियनले पनि छिट्टै आफ्नो पक्षमा सुनाउने आशा छ । अन्तर्राष्ट्रिय चामल विज्ञहरुले बासमति धानको उत्पादन ऐतिहासिक रुपमा भारतमा नभएर पाकिस्तानको हाफिजाबाद जिल्लामा भएको बताएका छन् ।
पाकिस्तानी चामल निर्यातकर्ताहरुका अनुसार भारतले पाकिस्तानी उत्पादनलाई दुबईबाट आफ्नो भनी रिब्राण्ड गर्ने गरेको छ । सन् १९६५ अघि भारतले एक गेडो बासमती पनि विदेश निर्यात नगरेको र पाकिस्तानले सन् १९६० मै युरोप र खाडी मुलुकहरुमा पठाएको उनीहरुको दावी छ ।
टिप्पणीहरू