खानेपानीको पाइप फुटेपछि जिल्ला अदालतका चार वटा इजलास स्थगित

खानेपानीको पाइप फुटेपछि जिल्ला अदालतका चार वटा इजलास स्थगित

बबरमहलमा खानेपानीको पाइप फुटेपछि कागजातहरु डुबानमा परेको जनाउँदै काठमाडौं जिल्ला अदालतका चार वटा इजलास स्थगित गरिएको छ । आज दिउँसो मेलम्ची खानेपानीको पाइप फुटेपछि आएको बाढीले अदालतको दोस्रो भवनको भुईंतल्ला डुबेको छ । 

उक्त तल्लामा रहेका २६, २७, २८ र २९ नम्बर फाँटका कागजात पानीमा डुबेकाले २६, २७, २८ र २९ नम्बर इजलास अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको हो । अदालतले जारी गरेको सूचनामा ती फाँटबाट प्रवाह हुने सबै सेवा हाललाई रोकिएको छ ।

टिप्पणीहरू