‘भ्यागुताको धार्नी’ बन्दै निजामती विधेयकमाथिको छलफल
करिब १५ सय संशोधनका बुँदा प्रस्ताव गरिएको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संसद्को चालु हिउँदे अधिवेशनभित्र टुंग्याउनुपर्ने सांसदहरूको धारणा छ । आज बसेको प्रतिनिधि सभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्ने सांसदहरुले छिटो टुंग्याउनुपर्ने भनिए पनि नयाँ प्रस्ताव गरिएकाले जारी हिउँदे अधिवेशनबाट विधेयक पारित हुने सम्भावना कम देखिन्छ ।
नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले संसद् सेवा र स्वास्थ्य सेवालाई समेत निजामति विधेयकभित्रै राखिनुपर्ने माग गरेका छन् ।
एमाले सांसद रघुजी पन्तले पनि संसद् र स्वास्थ्य सेवालाई संघीय निजामती विधेयकमै समावेश गर्न आग्रह गरेका छन् । बैठकमा नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा, हृदयराम थानीले छिटो पारित गर्नुपर्ने धारणा राखेका थिए ।
आजको बैठकले विधेयकमाथि दफावार छलफल गरेर दफा ५ लाई सर्वसम्मत रुपले पारित गरेको जनाइएको छ ।
टिप्पणीहरू