‘नो अब्जेक्सन लेटर’ मा व्यक्तिगत स्वार्थ लुकेको आरोप
डिजलको विकल्पमा प्रयोग हुने लिक्युफाइड नेचुरल ग्यास (एलएनजी) उद्योग खोल्न नेपाल आयल निगमले गलत बाटोबाट ‘नो अब्जेक्सन लेटर’ दिएको पाइएको छ । निगमको वितरण शाखा र कार्यकारी निर्देशक चण्डिका भट्टको विशेष पहलमा त्यस्तो अनुमति दिइएको बताइन्छ ।
निगम स्रोतकाअनुसार ग्यास व्यवसायी गोकुल भण्डारी र शिव घिमिरेको प्रभावमा उक्त काम फत्ते गरिएको हो । ‘निगमको नियमावलीमा पेट्रोलियम पदार्थको कारोबार आयल निगमले मात्रै गर्ने अथवा अन्य निकायलाई अनुमति दिँदा बोर्डले स्वीकृति दिनुपर्ने उल्लेख छ,’ स्रोतले भन्यो ।
व्यवसायीहरुले ‘नो अब्जेक्सन लेटर’लाई आधार बनाएर एलएनजी ग्यास उद्योग खोल्ने तयारी गरेको कतिपयको अनुमान छ । ठूलै खेलोफड्को भएको भनिएको एनओसीका लागि वीरेन्द्र गोइत, नागेन्द्र साह, दिपक बराललगायत निगमका उपल्ला तहका अधिकारीहरूले कार्यकारी निर्देशक भट्टलाई प्रत्यक्ष रुपमा सघाएको कर्मचारीहरुको आरोप छ ।
एलएनजी ग्यास प्रायः ठूला उद्योग तथा कलकारखानामा प्रयोग हुने गरेको छ ।
टिप्पणीहरू