ओलीले देउवालाई समयमै सत्ता सुम्पने

ओलीले देउवालाई समयमै सत्ता सुम्पने

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सहयोगमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आलोपालो सहमति परिपालनामा इमान्दार बन्ने प्रतिवद्धता दोहोर्याउनु भएको छ । 

सरकारको निरन्तरतामाथि प्रश्न उठ्दा शेरबहादुर देउवालाई समयमै सत्ता हस्तान्तरण गर्छु भन्ने गर्नुभएका उहाँले आज पनि त्यहि कुरा गर्नुभएको हो । सरकार आजै ढल्छ, भोलि ढल्छ भन्नु हाँस्यास्पद हुने भन्दै ओलीले ०८३ को असारमा आफूले राजीनामा दिने मिति फेरि सुनाउनुभयो । 

अहिले सरकार ढल्छ भन्नेहरुले त्यसबेला ‘देख्यौं, सरकार ढल्यो’ भनेर भन्ने ओलीको व्यंग्य छ । आफूहरुसँग दुई तिहाईको बहुमत रहेकोले कसैको पार्टी विभाजन नगर्ने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।

'हामीलाई कसैको पार्टी फुटाउन आवश्यक नै छैन् । हामीसँग झण्डै दुई तिहाईको सरकार छ । किन फुटाउने ? फेरि फुटाउने पनि कत्रा ? कुनै चट्टानजत्रो हो र ? यत्रा यता गिट्टी, ढुंगा फुटाएर के गर्नु ? हामीलाई त्यो आवश्यक पनि छैन् र सौखपनि छैन्’, पार्टीनिकट निजामति कर्मचारी संगठनको कार्यक्रममा उहाँले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले आफ्ना प्राय: सबैजसो भाषणमा देउवा र आफूबीच भएको आलोपालो सहमति पूर्णत: कार्यान्वयन हुने जनाउँदै आउनुभएको छ ।

टिप्पणीहरू