असली परिचय यो हाे आशिकाको

असली परिचय यो हाे आशिकाको

विदेशी पिआर बोक्ने अनि देशप्रति गाढा माया भएको भन्दै सर्वसाधारणको हुर्मत लिने ! प्रसंग उनै आशिका तामाङको हो । नेपालको शासकीय प्रणालीमाथि प्रश्न उठाउँदै हिँड्ने उनीसँग जर्मनको पिआर छ । अघिल्लो वर्ष मात्रै उता गएर पिआर नवीकरण गरेको तथ्यसमेत फेला परेको छ । भुइँ तहका बेथिति उजागर गर्दै आएकी र काठमाडौँ तथा भक्तपुर प्रहरीद्वारा समातिएर धरौटीमा छुटेकी उनी धादिङकी हुन् । सन् १९८८ अक्टोबर १७ को दिन गजुरी गाउँपालिका–२ मा जन्मिएकी ३६ वर्षीया आशिकाको नागरिकता नम्बर ५३८६ रहेको छ । सन् २०१२ मा आफूभन्दा निकै जेठा जर्मन नागरिक थोमससँग वैवाहिक बन्धनमा बाँधिएकी आशिकाका दुई सन्तान छन्, आरोन इन्टल्कोफर र आना । 

जेठो छोरा आरोनको जन्म सन् २०१६ मा भएको हो भने छोरी आनाको सन् २०२१ मा । हाल दुवै सन्तान उनीसँगै छन् । बालबच्चाको खर्च भने जर्मन बुवाले व्यहोर्दै आएको बुझिएको छ । पिए १७८८६८४ नम्बर भएको राहदानी बोक्ने उनी अघिल्लो महिना सन् २०२४ को डिसेम्बरमा जर्मनी गएकी थिइन् । छोराछोरीसहित गएकी उनी त्यसयता नेपालमै छिन् । ट्राभल हिस्ट्री हेर्दा सन् २०१४ मा पहिलोपटक जर्मनी गएको देखिन्छ । 

सन् २०१२ मा विवाह भए पनि दुई वर्षपछि मात्र त्यता गएकी हुन् । त्यसको एक वर्षपछि नेपाल आएकी उनी लगत्तै फर्किइन् । लामो समयसम्म आइनन् । एकैचोटि सन् २०२२ मा काठमाडौँमा देखा परिन् । सन् २०१७ मा जर्मनको पिआर लिइन् । ‘७७०१७२ वाईओपीजेट ५५ वाईडब्लुएच’ नम्बरको पिआरवाहक उनले त्यसको म्याद सकिएपछि रिन्यु गराई नेपालको राहदानीमार्फत नै विदेश आउजाउ गरिरहेकी छन् । सन् २०२४ जुन ६ मा पासपोर्टको म्याद सकिएपछि नयाँ बनाइन् । जसको भ्यालिडिटी सन् २०३३ जुलाई ८ सम्म छ । सन् २०२३ को अगस्ट २ तारिखमा जर्मनी गएकी उनी एक महिना पनि नबसिकन सेप्टेम्बर ४ मा फर्किएकी थिइन् । 

अन्तिमचोटि सन् २०२४ को डिसेम्बर ३० मा भारत हुँदै आएको देखिन्छ । रोचक प्रसंग त के भने, विवाह भएको यत्तिका वर्ष बितिसक्दा पनि श्रीमान् नेपाल आएको पाइन्न । प्राप्त जानकारीअनुसार श्रीमान् आईटी क्षेत्रमा कार्यरत छन् । जर्मनबाट फर्किएपछि युट्युबमार्फत भण्डाफोर अभियानमा लागेकी उनी साँगाको पुल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्कको कुरा उठाएर चर्चामा आइन् । त्यसपछि मनकामनामा मिनरल वाटर र मलेखुमा भात बेच्ने महिलासहित सडक किनारमा पिसाब फेर्नेहरूमाथि खनिन थालिन् । लामो समय विदेश बसेकी उनीमाथि नेपालका राम्रा कुराको प्रचारमार्फत पर्यटन र सर्वसाधारण जनताको आर्थिक प्रवर्धनभन्दा पनि तलैदेखि यो ठाउँ खत्तम छ भनेर बदनाम गर्नमा उद्यत रहेको आरोप लाग्ने गरेको छ । बालेन, हर्क र रविहरूले माथिका नीतिगत कुरामा प्रहार गर्ने र आशिकाहरुले भुइँ तहको स–साना अनियमितता उधिन्ने † कतै यो सुनियोजित र श्रृंखलाबद्ध खेल त हैन ? भन्नेहरुको संख्या बढ्दो छ ।

भिडियो रेकर्डका लागि क्यामेरावाला चश्मा लगाउने आशिकाको घरमा दुइटा कम्प्युटर जतिबेला पनि खुला रहने श्रोत बताउँछ । उनले भिडियो बनाएर जर्मनस्थित श्रीमान्लाई पठाउने गरेको हुन सक्ने अड्कल सुरक्षा कर्मीहरुको छ । पूर्वशिक्षामन्त्रीसमेत रहिसकेकी रास्वपा सांसद सुमना श्रेष्ठले पोलिस नागरिकसँग विवाह गरेर मन्त्री क्वार्टरमा राखेकै कारण विभिन्न अपजस खेपिरहनुपरेको छ । 
 

टिप्पणीहरू