दुई तिहाइको सरकारलाई अध्यादेशको सकस : प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झण्डै दुई तिहाइ बहुमतको सरकारलाई आफैँले जारी गरेको अध्यादेश सकस बनेको बताउनुभएको छ ।
जनकपुर विमानस्थलमा बोल्दै उहाँले अध्यादेश राष्ट्रिय सभाबाट पारित हुनेमा मुश्किलको अवस्था रहेको उल्लेख गर्नुभयो । संसद अधिवेशन आह्वानको अघिल्लो साता अध्यादेश ल्याउनु नै गलत रहेको उहाँको तर्क छ ।
अध्यक्ष प्रचण्ड फागुन १२ गतेदेखि तराई मधेशमा गर्न लागिएको जनजागरण अभियानको तयारीका लागि आज जनकपुर पुग्नुभएको हो । जनतासँग प्रत्यक्ष रुपमा छलफल र संवाद गर्न अभियान गर्न लागिएको उहाँले बताउनुभयो ।
टिप्पणीहरू