एकीकृत समाजवादीमा झलनाथ स्कुल प्रमुख, दुई डाक्टरलाई दोहोरो जिम्मा

एकीकृत समाजवादीमा झलनाथ स्कुल प्रमुख, दुई डाक्टरलाई दोहोरो जिम्मा

नेकपा एकीकतृ समाजवादीले केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुख तोकेको छ । पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा ३३ वटा विभागको नेतृत्व चयन गरेको जनाइएको छ । 

जसअनुसार सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई स्कुल विभाग प्रमुखको जिम्मा दिइएको छ । सो विभागको उपप्रमुख वरिष्ठ नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेल तोकिएका छन् । यी दुई डाक्टरलाई अरु दुइटा विभागमा प्रमुख बनाइएको छ । 

पार्टीमा महत्वपूर्ण मानिने संगठन विभाग प्रमुखको जिम्मा डा. भुसाललाई दिइएको हो । यस विभागमा रामचन्द्र यादव उपप्रमुख छन् । प्रमेश हमालको भागमा विदेश विभाग परेको छ भने उपप्रमुख तोकिएको छैन । 

यता, राजकीय मामिला विभाग प्रमुखमा घनेन्द्र बस्नेत तोकिंदा प्रमोद शर्मालाई उपप्रमुख बनाइएको छ । प्रचार विभागको नेतृत्व उपाध्यक्ष प्रकाश ज्वालाले पाएका छन् । उनलाई दामोदर अर्याल र चमिना भट्टराईले सघाउने छन् ।

सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा उपाध्यक्ष जगन्नाथ खतिवडा तोकिएका छन् भने उपप्रमुख राखिएको छैन । महासचिव घनश्याम भुसालको भागमा अनुगमन तथा मूल्याङकन विभाग प्रमुख परेको छ । यो विभागमा अशेष घिमिरे उपप्रमुख बनेका छन् । 

संसदीय विभागको नेतृत्व गरिमा शाहले पाउँदा शिक्षा विभाग प्रमुखमा सचिव सावित्रा भुसाल र उपप्रमुखमा उदयबहादुर बोहरा चयन भएका छन् । आर्थिक विभाग प्रमुखमा सचिव सोमप्रसाद पाण्डे परेका छन् भने उपप्रमुख तोकिएको छैन । केशवलाल श्रेष्ठले सहकारी विभाग प्रमुखको भूमिका पाउँदा निर्मल सुवेदी र नवराज सुवेदीलाई उपप्रमुख बनाइएको छ  ।

अर्थ योजना विभागको प्रमुखमा डा. विजय पौडेल तोकिंदा डा.चन्द्रमणि अधिकारी उपप्रमुख छन् । जीवनराम श्रेष्ठ र हंशबहादुर शाहीलाई पर्यटन विभागको क्रमश: प्रमुख र उपप्रमुख बनाइएको छ । कृषि तथा भूमिसुधार विभागको नेतृत्व पूर्वमन्त्री हरि पराजुलीले गर्ने छन्। यस विभागमा चुनु केसी उपप्रमुख छिन् । 

रामचन्द्र झाको भागमा भौतिक पूर्वाधार तथा यातायात विभाग परेको छ भने उपप्रमुखमा गम्भीरलाल श्रेष्ठ तोकिएका छन् । स्थानीय तह विभागको नेतृत्व कल्याणी खडकाले पाउँदा मिना लामा र डा.सीता ढुङगानाले उपप्रमुखको जिम्मेवारी पाएका छन् । 

स्वास्थ्य विभाग प्रमुखमा डा.वंशीधर मिश्र र उपप्रमुखमा राधा सिलवालको नाम छ । राष्ट्रिय हित सुरक्षा विभाग प्रमुखमा साध्यबहादुर भण्डारी र जलस्रोत विभागमा डा. कृष्ण पन्तले जिम्मा पाउँदा उपप्रमुख खाली राखिएको छ । निर्वाचन विभाग प्रमुखमा दिलु पन्त र उपप्रमुखमा अम्बिका थापा र भवानी खडका छानिएका छन् । 

कानुन विभागको प्रमुख डा.देउमान सम्बाहाम्फे र उपप्रमुख कुलप्रसाद फुयाँललाई जिम्मा लगाइएको छ । समाज कल्याण विभाग प्रमुखमा पूर्वसांसद निरादेवी जैरु र उपप्रमुखमा मञ्जु यादव परेका छन् । विपद् व्यवस्थापन विभाग प्रमुखमा राजेन्द्रमान श्रेष्ठ र उपप्रमुख भास्कर काफ्ले तोकिएका छन् ।

पूर्वविद्यार्थी नेता सुदेश पराजुलीको भागमा श्रम तथा रोजगार विभाग परेको छ । उनी प्रमुख रहेको यस विभागमा उपप्रमुख खालि राखिएको छ । त्यस्तै, उपभोक्ता हित विभाग प्रमुखमा प्रा.डा.इन्दु आचार्य र उपप्रमुखमा रुकमति जागरी छानिएका छन् ।
 

टिप्पणीहरू