महिला मन्त्रालयका पुरुष मन्त्रीको टोली जेनेभातिर
महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी जेनेभातिर लाग्नुभएको छ । संयुक्त राष्ट्र संघीय कार्यालयमा आयोजना हुन गइरहेको ‘कमिटी अन द एलिमिनेशन अफ डिस्क्रिमिनेशन अगेन्स्ट वमन’ मा सहभागी हुन उहाँ हिजो त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
मन्त्री सुडीसहित मन्त्रालयका आधा दर्जन बढी कर्मचारी हिजो साँझ कतार एयरको विमानमार्फत स्विट्जरल्याण्डतर्फ प्रथान गरेको जनाइएको छ । टोलीमा महिला मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत, सहसचिव आभा श्रेष्ठ कर्ण,ज्ञानहरि घिमिरे,निर्मला भट्टराई अधिकारी, अरुणा जोशी र उपसचिवहरु केशवप्रसाद उपाध्याय र रत्नेश शशि छन् ।
भ्रमण सकेर टोली आउँदो मंगलबार फर्किने तालिका छ । उक्त दिन स्वागतका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान साढे १० बजे भिआईपी कक्षको व्यवस्था मिलाइदिन भन्दै मन्त्रीको निजी सचिवालयले विमानस्थल कार्यालयलाई पत्राचार समेत गरेको छ ।
टिप्पणीहरू