राजधानीका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति अवरुद्ध
काठमाडौंका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गत विद्युत लाइन भूमिगत गर्ने काम शुरु भएसँगै माघ २९ गतेसम्म आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति प्रभावित हुने जनाएकोे छ । जसअनुसार आज चाबहिल वरपरका क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिएको छ ।
भोलि कलंकी मालपोत वरपर, पर्सि बालकुमारी इमाडोल तथा लुभु आसपास, माघ २५ गते नैकापदेखि बलम्बु, २६ गते बल्खु चोकदेखि चोभार गेट, २७ गते बाबा चोकदेखि क्रिकेट स्टेडियम, २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वर र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने सूचनामा उल्लेख छ ।
टिप्पणीहरू