उता ग्यासको भाउ घट्यो, यता यथावत

उता ग्यासको भाउ घट्यो, यता यथावत
सुन्नुहोस्

नेपाल आयल निगमले खाना पकाउने ग्यास बाहेक अन्य पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

गएरातिदेखि बढाइपछि राजधानी काठमाडौं र वरपरको जिल्लामा पेट्रोलको भाउ प्रतिलिटर १६७ रुपैयाँ पुगेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाइएको छ ।

त्यसैगरी मट्टितेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ बढाएर प्रतिलिटिर १६० रुपैयाँ पुर्याइएको छ । हवाई इन्धनमा पनि आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाइएको छ ।

उता भारतमा भने अन्य पेट्रोलियम पदार्थको मूल्य यथावत र खाना पकाउने ग्यासको भाउ घटेको छ । हिजोदेखि लागु हुनेगरी ग्यासको मूल्य प्रतिसिलिण्डर भारु ७ घटाइएको छ ।

टिप्पणीहरू