केबलकार समस्या समाधान गर्न गृहको पहल

केबलकार समस्या समाधान गर्न गृहको पहल
सुन्नुहोस्

ताप्लेजुङको निर्माणाधीन पाथीभरा केबलकारको विषयमा उत्पन्न विवाद समाधान गर्न गृह मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई पत्राचार गरेको छ।

गृहले लेखेको पत्रमा भनिएको छ, ‘केबलकार नियमनको विषय त्यस मन्त्रालय अन्तर्गत पर्ने भएको हुँदा सो सम्बन्धमा स्थानीय रूपमा उठेका सवाल र सरोकारका विषयहरूलाई समेत ध्यान दिँदै सबै सरोकारवालासँग समन्वय र सहजीकरण गरी उक्त समस्याको समाधान गर्न तत्काल पहल अगाडि बढाइदिनु हुन् ।’ 

गत साता केबलकारको विरोध गर्दै केही स्थानीय समुदायले सुरक्षाकर्मीहरुमाथि आक्रमण गर्दा झडप भएको थियो । झडपमा गोली लागेर सुरक्षाकर्मी र स्थानीयहरु झण्डै दुई दर्जन घाइते भएका थिए ।

टिप्पणीहरू