भारतीय जर्नेल स्वदेश फर्कंदै
नेपाल भ्रमणमा आएका भारतीय सेनाका लेफ्टिनेन्ट जर्नेल जुबिन ए मिनवाला स्वदेश फर्कन लागेका छन् । गोर्खा राइफलका कर्णेल सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत सोमबार नयाँ दिल्लीबाट काठमाडौं आएका उनी आज साँझ ५ बजे एअर इण्डियाको उडानमा फर्कने कार्यक्रम छ ।
यसबीच उनी बिराटनगर, झापा र पोखरा गएको बताइन्छ । जर्नेल मिनवाला भारतीय सेनाको प्रख्यात त्रिशक्ति कप्र्सका कमाण्डर हुन् । यसअघि उक्त जिम्मेवारीमा जर्नेल भिपिएस कौशिक थिए । पछिल्लो समय त्रिशक्ति कप्र्समा रहेका तीन पर्वतीय डिभिजनहरु १७ औं गाङतोक, २० औं बिन्नागुरी र २७ औं कालिम्पोङ हुन् ।
मिनवालाको कमाण्ड र भारतीय सेनाले उत्तरपूर्वी भेगमा बढाएको सुरक्षा बन्दोबस्तीलाई सैनिक विश्लेषकहरुले अर्थपूर्ण ठानेका छन् । दुई वर्षअघि सन् २०२३ को गणतन्त्र दिवसका दिन नयाँ दिल्लीमा उनलाई अति विशिष्ट सेवा पदक प्रदान गरिएको थियो ।
टिप्पणीहरू