धुलिखेलमा उपकुलपति नियुक्तिको अर्को तयारी
काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि दोस्रो पटक आवेदन मागिएको छ । उपकुलपति नियुक्तिका निम्ति नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले आज पुनः दरखास्त आह्वान गरेको छ ।
यसअघि गत पुस १८ गते पहिलो पटक आवेदन मागिएको थियो । जसअनुरुप १७ जनाले आवेदन गरेकामा १६ जनाको स्वीकृत भएको थियो । तर, उपकुलपतिका लागि विद्यावारिधि (पिएचडी) वा सो सरहको शैक्षिक योग्यता आवश्यक पर्दा केयूकै मेडिकल डाक्टरहरुले आवेदन दिन नपाएपछि कार्यविधि संशोधन गरेर पुनः दरखास्त आह्वान गरिएको हो ।
यस पटक स्नातकोत्तर उतीर्ण गरेकाले पनि आवेदन दिन पाउने गरी कार्यविधिमा परिमार्जन गरिएको छ । समितिले दरखास्तको म्याद सात दिन तोकेको छ ।
पहिलो पटक स्वीकृत भएका १६ जनाको आवेदन पनि यथावत रहने जनाइएको छ । संशोधित कार्यविधि तथा दरखास्तसम्बन्धी विस्तृत जानकारी विश्वविद्यालयको वेबसाइटबाट राखिएको केयुले जनाएको छ ।
टिप्पणीहरू