तलबाट बढुवा गर्दा प्रहरीलाई पुगेन बजेट

तलबाट बढुवा गर्दा प्रहरीलाई पुगेन बजेट
सुन्नुहोस्

नेपाल प्रहरीमा तल्लो तहका कर्मचारी बढुवा हुँदा नयाँ स्केलअनुसार तलब खुवाउन महाभारत भएको छ ।

नायव निरीक्षकबाट वरिष्ठमा बढुवा भएका कर्मचारीको ग्रेड संख्या समायोजनका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै गृहले बजेट दायित्व वहनका लागि अर्थ मन्त्रालयसँग सहमति मागेको थियो ।

बढुवापछि माथिल्लो तहमा ग्रेड समायोजन नगरिएकाले मर्कामा परेको भन्दै कर्मचारीहरुले अदालत गुहारेका थिए । सर्वोच्चको आदेशपछि गृह मन्त्रालयले मंसिर १३ गते अर्थ मन्त्रालयलाई लेखेको पत्रमा ग्रेड संख्या कायम गर्दा थप बजेट आवश्यक परेको व्यहोरा उल्लेख छ । 

सोही पत्रको जवाफ लेख्दै अर्थले नेपाल प्रहरीका समान पदका कर्मचारीलाई उपलब्ध गराइएको तलब दायित्व समान कायम हुनेगरी तलब तथा ग्रेड समायोजनका लागि माघ ९ गते उपप्रधानमन्त्रीस्तरीय निर्णयमा बजेट सहमति दिइएको जानकारी गराएको छ ।

टिप्पणीहरू