टियु मैदानमा फ्लडलाइट जडानका लागि बोलपत्र आह्वान
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा फ्लडलाइट जडान र प्याराफिट निर्माणका लागि बोलपत्र आह्वान भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आज बोलपत्र आह्वान गरेको हो ।
फ्लडलाइट जडानका लागि एक करोड ७३ लाख र अन्तर्राष्ट्रियस्तरको प्याराफिट निर्माणको लागि एक करोड ६२ लाख लागत अनुमान गरिएको छ । आगामी माघ ६ गते दिउँसोसम्म २० हजार शुल्कसहित बोलपत्र पेश गर्न सकिने कार्यालयले जनाएको छ ।
अघिल्लो वर्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले क्रिकेट मैदान स्तरोन्नतिको लागि २० करोड बजेट छुट्याएको थियो । चालु आर्थिक वर्षमा सोही बजेटले निरन्तरता पाएपछि मैदानमा फ्लडलाइट जडान र प्याराफिट निर्माण अघि बढेको हो ।
नेपालको एकमात्र अन्तराष्ट्रियस्तरको उक्त क्रिकेट मैदानमा अहिले नेपाल प्रियिमर लिग (एनपिएल)का खेलहरु भइरहेका छन् ।
टिप्पणीहरू