मध्यरातदेखि बढाइयो पेट्रोलको भाउ, डिजेल र मट्टितेलको घट्यो

मध्यरातदेखि बढाइयो पेट्रोलको भाउ, डिजेल र मट्टितेलको घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । डिजेल र मट्टितेलको मूल्य घटाएको जनाइएको छ । मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ ।

आजदेखि काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय ६२ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य एक सय ५१ रुपैयाँ तोकिएको छ ।

निगमले प्रत्येक १५ दिनमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

टिप्पणीहरू