माओवादीले धकेल्यो केन्द्रीय समिति बैठक

माओवादीले धकेल्यो केन्द्रीय समिति बैठक
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रले हालै सम्पन्न उपनिर्वाचनबाट पार्टीका काम कारबाही जनतामा केन्द्रीत हुनुपर्ने सन्देश प्राप्त भएको निश्कर्ष निकालेको छ । आज बसेको स्थायी समिति बैठकले उपनिर्वाचनमा पार्टीले प्राप्त गरेको जनमतको समीक्षा गर्दै उक्त ठहर गरेको छ ।

बैठकको निष्कर्ष सुनाउँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘जनताले नेता कार्यकर्तालाई अब सत्ता केन्द्रित होइन, जनता केन्द्रीत हुनुपर्छ भन्ने सन्देश दिएका छन् ।’

अहिलेको गठबन्धनले देशलाई दुई दलीय व्यवस्थातिर लैजान खोजेकोमा जनताले खण्डित गरेको पनि माओवादीको ठहर छ । ‘कांग्रेस र एमालेले देशलाई दुई दलीय व्यवस्थातिर लैजाने सोचिरहेका थिए, त्यसलाई जनताले चुनावमार्फत् खण्डित गरेका छन्’, प्रवक्ता सापकोटाले थपे ।

वर्तमान सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्दै बिचौलियाहरुको पक्षमा काम गरिरहेको पनि माओवादीको निष्कर्ष छ । 

स्थायी समितिको बैठकले केन्द्रिय समितिको बैठक पनि सारेको छ । यसअघि पुष २ गते बस्ने भनिएको माओवादी केन्द्रीय समितिको बैठक अब पुष २१ गते बस्ने छ ।

टिप्पणीहरू