प्रधानमन्त्री गृहजिल्लामा अभिनन्दित
प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउनुभएको छ । झापाको गौरादहमा आज आयोजित ताजपूरिया समाज कल्याण परिषदको २९ औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना साना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला, सस्कृति र परम्परालाई आधुनिक बनाउँदै निरन्तरता दिन आग्रह गर्दै सो समाजका मागलाई आवश्यक सुनुवाइ गर्न ध्यान दिने विश्वास दिनुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष पूर्णलाल ताजपूरियाद्वारा प्रधानमन्त्री ओली अभिनन्दित हुनुभएको थियो ।
टिप्पणीहरू