सहायक विदेशमन्त्री बिहानैदेखि अमेरिकी राजदूतावासमा

सहायक विदेशमन्त्री बिहानैदेखि अमेरिकी राजदूतावासमा

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका छन् । हिजो दिउँसो कोलम्बोबाट काठमाडौं आइपुगेका उनी बिहान ८ बजे बत्तिसपुतलीस्थित होटल द्वारिकाजबाट दूतावास पुगेका हुन् ।

मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री चिफ अफ स्टाफ भिर्सा पर्किन्ससँगै एक सातादेखि दक्षिण एसियाको भ्रमणमा छन् । श्रीलंकाअघि उनी भारत पुगेका थिए । 

हिजो काठमाडौं आएपछि उनले नेपाली काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् । आज विभिन्न कार्यक्रममा सहभागी भएर साँझ दुबई हुँदै स्वदेश फर्कने कार्यतालिका रहेको बताइन्छ ।

टिप्पणीहरू