आगामी शुक्रबारदेखि साताको तीन दिन चिनियाँ भाषा कक्षा
नेपाली पत्रकारहरुले चिनियाँ भाषा कक्षा सञ्चालन गर्न लागेका छन् । आगामी शुक्रबारदेखि साताको तीन दिन कक्षा शुरु हुन लागेको हो ।
राजधानीको बालकुमारीस्थित काठमाडौं युनिभर्सिटी अफ म्यानेजमेण्टमा रहेको कन्फ्युसियस इन्स्टिच्युटमा सोमबार,बुधबार र शुक्रबार बिहान कक्षा सञ्चालन हुने बुझिएको छ । कक्षा सञ्चालनका निम्ति नेपालको तर्फबाट समन्वय गरिरहेका पत्रकार अमृत तिमल्सिनाका अनुसार कोरोना महामारीले गर्दा रोकिएको कार्यक्रमलाई नै निरन्तरता दिन लागिएको हो ।
भाषा पढाउनका लागि चीनबाट वरिष्ठ शिक्षिका आउने उनले जानकारी दिए । ‘कोरोना महामारीअगाडि नेपालस्थित चिनियाँ राजदूतावासको आयोजनामा कक्षा सञ्चालन गर्न लागिएको थियो । तर,महामारीले रोकियो । त्यसैलाई निरन्तरता दिन लागिएको हो । वरिष्ठ चिनियाँ शिक्षिकाले कक्षा लिनुहुन्छ । सोमबार, बुधबार र शुक्रबार बिहान साढे ८ बजेदेखि १० बजेसम्म कक्षा हुनेछ’,उनले भने ।
कक्षामा पत्रकार र चिनियाँ भाषा सिक्न इच्छुक व्यक्तिहरु सहभागी हुनसक्ने उनले बताए ।
टिप्पणीहरू