राप्रपाले ०८४ अघि नै देशको नेतृत्व लिने दाबी

राप्रपाले ०८४ अघि नै देशको नेतृत्व लिने दाबी
सुन्नुहोस्

पूर्वपञ्चहरुको पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ०८४ को निर्वाचनअघि नै राप्रपाले सरकारको नेतृत्व लिनसक्ने दाबी गरेका छन् ।

आज बिर्तामोड नगर अधिवेशनको उद्दघाटन समारोहलाई सम्बोधन गर्दै उनले राप्रपालाई बलियो बनाएर छिट्टै देशको नेतृत्व लिने बताएका हुन् । राप्रपालाई पर्खिने छुट नरहेको भन्दै लिङ्गदेनले भने, 'अब यो मुलुकको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्नुपर्छ । पर्यो भने बीचमै, भएन भनेपनि ०८४ भन्दा त उता हामी जानै हुँदैन । ०८४ मा त राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व गर्ने हो गर्ने हो ।' 

नेपाली काँग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकारसँग नागरिक खुशी नरहेको बताउँदै उनले राप्रपालाई विकल्पको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री र मन्त्रीहरु चाहेको ठाउँमा जानसक्ने स्थितिसमेत अहिले नारेकाले उनीहरुको अलोकप्रियता पुष्टि हुने लिङ्गदेनको भनाई छ । 

'आज काँग्रेस, एमाले मिलेर बनेको सरकारको नेताहरु जनताको बीचमा जान सकिरहेका छैनन् । काँग्रेस र एमाले मिलेर सरकार बनाउँदा त प्रधानमन्त्री जहाँ गयो जनताले त्यहीँ मुर्दावाद भनिरहेका छन् । अब प्रधानमन्त्री, मन्त्रीहरुले आफूले चाहेको बेलामा, चाहेको ठाउँमा जानसक्ने परिस्थिति बनेको छैन भने देशले के खोजिरहेको छ, त्यो स्पष्ट छ', उनले भने । 

राप्रपाले आफ्नो शक्ति चिन्न नसकेकोमा लिङ्गदेनलेगुनासो समेत गरे ।

टिप्पणीहरू