झोलुङ्गे पुल निर्माणको क्रममा चार जनाको मृत्यु, एक बेपत्ता
रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर एक जना बेपत्ता भएको बताइएको छ।
प्रहरीका अनुसार सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको क्रममा खनिएको खाल्डोमा दुई पुरुष र दुई महिलाको ज्यान गएको हो । बेपत्ता एक जनाको खोजी जारी छ ।
टिप्पणीहरू