कुशेमा चार बजेभित्रै मतदान सकिने अनुमान

कुशेमा चार बजेभित्रै मतदान सकिने अनुमान

जाजरकोट कुशेँ गाउँपालिका–७ मा करिब ६ सय भोट खसेको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदानमा १२ बजेसम्म ५९२ मत खसेको मतदानस्थलका इञ्चार्ज खगीराम सारुले जानकारी दिए । 

नेपाल राष्ट्रिय आधारभूत विद्यालय मतदानस्थलमा (क) र (ख) दुइवटा मतदान केन्द्र तोकिएको छ । अहिलेसम्म शान्तिपूर्ण ढंगले मतदान भइरहेको सारुले बताए । 

२०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष मनबहादुर घर्तीको निधन भएसँगै यहाँ उपचुनाव भएको हो । नेपाली कांग्रेसका खम्बबहादुर सिंह, नेकपा (एमाले)का डम्बरबहादुर घर्ती र माओवादी केन्द्रका गोरखबहादुर नेपाली वडाध्यक्षको प्रतिस्पर्धामा छन् । 

मतदानस्थलका इञ्चार्ज सारुका अनुसार मतदान अपराह्न ४ बजेभित्रै सकिने सम्भावना छ । साँझ ५ बजेसम्म मतदान समय तोकेको छ ।
 

टिप्पणीहरू