विमानस्थलमा ‘दुर्गा आउ, देश बचाउ’ भन्दै नाराबाजी

सुन्नुहोस्

काठमाडौं विमानस्थलमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको पक्षमा नारा लगाइएको छ ।

भद्रपुरबाट सौर्य एअरको उडानमा सवा ११ बजे काठमाडौं आइपुगेका उनले विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरेपछि र अघि नारा लगाइएको बताइएको छ ।

‘दुर्गा आउ, देश बचाउ’, ‘दुर्गा दाई, हाइहाई’ नारा लगाइएको थियो । प्रसाईंले आफ्नो अभियानमा बुझेर मात्र सहभागी हुन आग्रह गरेका छन् ।

टिप्पणीहरू