उड्न ठिक्क परेको विमानका क्याप्टेन अस्पताल भर्ना, यात्रु सबै होटलमा
काठमाडौंबाट युएईको अबुधाबी उड्न ठिक्क परेको विमानका क्याप्टेन सिकिस्त भएपछि अस्पताल भर्ना भएका छन् । हिजो बेलुकी ६ बजे अबुधाबीतर्फ जान लागेको एअर अरेबियाको उडान नम्बर ३ एल ०४४ का क्याप्टेन बोत्रो एक्कासी बिरामी भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल लगिएको थियो ।
क्याप्टेन बिरामी भएपछि उड्न ठिक्क परेका १४७ जना यात्रुलाई विमानबाट झारेर होटल लगिएको हो । विमानस्थल नजिकैको एअरपोर्ट होटलमा राखिएका उनीहरुलाई आज त्यता लगिने विमान कम्पनीले जनाएको छ ।
क्याप्टेनको ह्याम्समा उपचार जारी रहेको बुझिएको छ ।
टिप्पणीहरू