बौद्धमा चीनविरोधी गतिविधि बढ्दो

बौद्धमा चीनविरोधी गतिविधि बढ्दो

काठमाडौंको बौद्धमा साँस्कृतिक कार्यक्रमको आवरणमा चीनबिरोधी बढ्न थालेको बुझिएको छ । 

यस्ता गतिविधिमा गुमुचुसुङ नामक संगठन साँस्कृतिक कार्यक्रमको आवरणमा सक्रिय रहेकोे बताइन्छ। 

स्रोतका अनुसार केही दिनअघि मात्र भारतको धर्मशालाबाट आएको एक टोलीले बौद्धको यौटा क्याम्पमा साँस्कृतिक कार्यक्रम गरिरहेको छ । 

बौद्धजस्तो संवेदनशील स्थानमा यस्तो गतिविधि हुँदासम्म प्रहरीले केही मेसो पाएको छैन । कार्यक्रमस्थलमा तिब्बती शरणार्थीको मात्र सहभागिता हुने र अन्य कोहीलाई प्रवेश गर्न नदिने गरेका कारण बिस्तृत कुरा बाहिर आउन पाएको छैन ।

प्रत्येक साताको बुधबार र शनिवार साँस्कृतिक कार्यक्रमका नाममा तिब्बतीयन शरणार्थीलाई भेला पार्ने काम भैरहेको छ । पछिल्लो समय नेपालमा तिब्बतीयन गतिविधि सेलाउनु  तिब्बतीहरुका निम्ति दु:खको कुरा भन्दै अब पुरानै शैलीमा चीनलाई धक्का दिने खालका काम गर्नेबारे छलफल हुने गरेको छ। 

स्रोतका अनुसार टासी झम्पा नामक ब्यक्तिले कार्यक्रमको समन्वय गर्ने गरेका छन् । उनका बाबु खम्पा बिद्रोहका लडाकू हुन् । यो कार्यक्रमलाई नेपालस्थित प्रत्येक तिब्बती शरणार्थी क्याम्पसम्म लैजाने योजना रहेको स्रोतले बतायो । बौद्धजस्तो संवेदनशील स्थानमा यस्तो गतिविधि हुँदासम्म प्रहरीले केही मेसो पाएको छैन । कार्यक्रमस्थलमा तिब्बती शरणार्थीको मात्र सहभागिता हुने र अन्य कोहीलाई प्रवेश गर्न नदिने गरेका कारण बिस्तृत कुरा बाहिर आउन सकेको छैन ।

टिप्पणीहरू