मोदीलाई बधाई दिएर प्रधानमन्त्री प्रचण्ड घर फिर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । उहाँ साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।
नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१८ मा प्रधानमन्त्री नेतृत्वको १० सदस्यीय टोली साँझ सवा ६ बजे काठमाडौँ ओर्लिएको बताइएको छ । टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी,परराष्ट्र सचिव सेवा लम्साल,प्रधानमन्त्रीको स्वकीय सचिव तथा छोरी गंगा दाहाल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम रहेका छन् ।
त्यस्तै,सहसचिव भृगु ढुंगाना, शिष्टाचार अधिकृत प्रवीण भट्टराई, प्रधानमन्त्रीका पार्श्ववर्ती एडिसी निरज भण्डारी,सुरक्षा अधिकृत एसपी सिद्धराज न्यौपाने र सेनानी राजकुमार श्रेष्ठ पनि टोलीमा सहभागी छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन उहाँ हिजो नयाँ दिल्ली पुग्नुभएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले समकक्षीसँग द्विपक्षीय कुराकानी गर्नुका साथै भारतीय राष्ट्रपतिसँग द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको थियो ।










टिप्पणीहरू