बजेट भाषणपछि अर्थमन्त्री ‘सरप्राइज्ड’

बजेट भाषणपछि अर्थमन्त्री ‘सरप्राइज्ड’

अर्थमन्त्री वर्षमान पुनले बजेटप्रति सरोकारवालाहरुको सकारात्मक प्रतिक्रियाले आफू सरप्राइज्ड अर्थात् अचम्मित भएको बताउनुभएको छ । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्र, अर्थतन्त्रका विज्ञ र राजनीतिक दलका नेताहरूले समेत बजेटको तारिफ गरेको उल्लेख गर्नुभएको हो । भन्नुभयो, ‘त्यसले मलाई अचम्मित तुल्याएको छ ।’

पारदर्शी र तथ्यमा आधारित बजेट ल्याएकाले स्वीकार्यता बढेको उहाँको बुझाई छ । बजेटले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने भएकाले त्यसलाई एकीकृत गरिएको अर्थमन्त्री पुनको दाबी छ ।

सदनको गत्यावरोधले संसदबाट बजेट नआउने हो कि भन्ने आम चिन्ता र चासोका बीच बजेट ल्याएको उल्लेख गर्दै भन्नुभयो, ‘असन्तुष्टि भए पनि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि त्यसलाई स्वीकार गरेर जानुको विकल्प छैन ।’

टिप्पणीहरू