समलिंगीका निम्ति यहीँ छ स्वर्ग

समलिंगीका निम्ति यहीँ छ स्वर्ग

दक्षिण एशियामै नेपाल मात्र यस्तो मुलुक हो, जहाँ समलिंगी विवाहलाई कानुनी मान्यता दिइएको छ । असार १३ गते सर्वाेच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले समलिंगी विवाह गर्ने जोडीहरूले निवेदन माग गरेमा अस्थायी अभिलेख रहने गरी दर्ता गरिदिन अन्तरिम आदेश जारी गरेसँगै नेपालमा यस्ता विवाहले कानुनी मान्यता पाएको हो । जबकि हाम्रा उत्तरी र दक्षिणी छिमेकी मुलुकले यस्तो विवाहलाई अहिलेसम्म मान्यता दिएका छैनन् । मुस्लिम मुलुकमा यस्तो क्रियाकलापबारे सोच्न सक्ने कुरा भएन । विश्वका ३४ वटा देशमा मात्र समलिंगी विवाहलाई कानुनी मान्यता छ । यस्तो विवाहलाई कानुनी मान्यता दिने नेपाल पछिल्लो मुलुक हो । 

समलिंगी विवाहले कानुनी मान्यता पाएसँगै माया गुरुङ र सुरेन्द्र पाण्डे लमजुङको दोर्दी गाउँपालिकामा गएर औपचारिक रूपमा दर्ता गर्ने पहिलो नेपाली जोडी हो । यसैगरी, कैलालीको कैलारी गाउँपालिका–८ का प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका– १ की मनिला न्यौपानेले समलिंगी विवाह गरेका छन्, गत पुसमा । स्याङ्जा वालिङकी अञ्जुदेवी श्रेष्ठ (दिप्ती) र तनहुँकी सुप्रिता गुरुङ (लेस्बियन)ले समलिंगी विवाह गरेको विवरण समलिंगीहरूको हकहितका लागि लड्दै आएको संस्था मितिनी नेपालसँग छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार अन्य लिंगीको संख्या २९२८  छ । ०६८ सालसम्ममा तेश्रोलिंगीको संख्या १५ सय हाराहारी मात्र थियो । लैंगिक तथा यौनिक अल्पसंख्यकभित्र लेस्बियन (महिला समलिंगी), गे (पुरुष समलिंगी), बाइसेक्सुअल (उभयलिंगी), ट्रान्सजेण्डर (पारालिंगी पुरुष÷महिला), इन्टरसेक्स (अन्तरलिंगी), क्युइअर (समयोनी सम्पर्क गर्ने), असेक्सुअल (प्रत्यक्ष लिंग वा लैंगिक इन्द्रीय नभएको) आदि समुदाय पर्ने गर्छन् जसलाई छोटकरीमा एलजिबिटिआइक्युए प्लस भनिन्छ । केन्द्रीय तथ्यांक विभागका अनुसार सामान्य पुरुष १४२५३५५१ (४८.८७ प्रतिशत) र महिला १४९११०२७ (५१.१३ प्रतिशत) छन् भने एलजिबिटिआइक्यु प्लसको प्रतिशत ०.०१ हुन आउँछ । गृह मन्त्रालयको आँकडाअनुसार, तेस्रोलिंगीका नाममा नागरिकता लिनेको संख्या १९५ पुगेको छ । 

त्यसैगरी, राष्ट्रिय परिचयपत्र बनाउँदा अन्य भनेर ६६७ जनाले लिएको अभिलेख गृहले उपलव्ध गराएको छ । तर एनजिओवालाहरूले चाहिँ यस्ता वर्गका नेपालीको संख्या १ लाखभन्दा माथि रहेको दावी गर्दै आएका छन् । यसबीच, एकाथरीले अमेरिकालगायत मुलुकका पर्यटकलाई नेपालमा होमोसेक्युअल टुरिज्मका लागि नेपाल भिœयाउन खोजेको बताइन्छ । जसरी थाइल्याण्डमा सेक्स टुरिज्म खुला छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू