आगामी बजेटले समाजवादको आधार तय गर्ने प्रधानमन्त्रीको विश्वास

आगामी बजेटले समाजवादको आधार तय गर्ने प्रधानमन्त्रीको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढंगको हुने बताउनुभएको छ । 

नेकपा माओवादी केन्द्र सुनकोसी गाउँ समितिद्वारा आज सिन्धुलीको मुलकोटमा आयोजित कार्यकर्ता भेटमा पार्टी अध्यक्ष प्रचण्डले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा निकै सुधार आएको जानकारी दिनुभयो । भन्नुभयो, ‘म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार आएको छ ।’ 

उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई जनपक्षीय बनाउन सम्बन्धित पक्षसँग सुझाव लिने तयारी थालिएको र आगामी बजेटले समाजवादको आधार तयार गर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले जनपक्षीय कामलाई सरकारले निरन्तरता दिने सम्बन्धमा पनि स्पष्ट पार्नुभएको छ ।

टिप्पणीहरू