फातिमा फाउण्डेसनलाई सिटिजन्स बैंकको सिलाई मेसिन

फातिमा फाउण्डेसनलाई सिटिजन्स बैंकको सिलाई मेसिन

सिटिजन्स बैंकले फातिमा फाउण्डेसन नेपाललाई सिलाई मेसिन प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।  

बाँकेमा अवस्थित फातिमा फाउण्डेसन महिला नेतृत्वद्वारा सञ्चालित एक सामाजिक संस्था हो । जसले मुस्लिम, मधेशी र अन्य पिछडिएका वर्गका महिला तथा बालबालिकाको हकहितका लागि काम गर्दै आएको छ ।

बैंकले फाउण्डेसनमा आबद्ध विपन्न महिलालाई स्वरोजगार बनाउने उद्देश्यका साथ २० वटा सिलाई मेसिन वितरण गरेको बताएको छ । यस कार्यबाट विपन्न समुदायका महिलामा रोजगारीको अवसर सिर्जना हुनुका साथै आयआर्जन र उनीहरुको जीवनशैलीमा समेत स्तरोन्नति हुने बैंकको विश्वास छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त सिलाई मेसिन हस्तान्तरण गरेका हुन् । उनले यो सानो पहलले महिलाहरुलाई आत्मनिर्भर बन्न र उनीहरुको जीवनस्तर उकास्न मद्दत पुर्याउने बताए । 

संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सिटिजन्स बैंकले आगामी दिनमा पनि यस्ता कार्य जारी राख्ने जनाएको छ । 
बैंकले देशभर फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग इकाइबाट १७ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ वटा शाखा विस्तार गरी आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

टिप्पणीहरू