तामाकोशीमा पौडी खेल्न गएका मलामी बेपत्ता

तामाकोशीमा पौडी खेल्न गएका मलामी बेपत्ता

तामाकोशीमा हिजो दिउँसो पौडी खेल्न गएका दुई जना मलामी नदीमा बेपत्ता भएको २४ घण्टा बितिसक्दा पनि फेला परेका छैनन् । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका उनीहरु पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।

हिजो दिउँसो मलामी गएर घर फर्किने क्रममा तामाकोशी नदीमा नुहाउन गएका २५ वर्षीय सिमबहादुर तमाङ र २७ वर्षीय जयबहादुर तमाङ बेपत्ता भएका हुन् ।

बेपत्ता भएकाको खोजी कार्य जारी रखेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।

टिप्पणीहरू