मनकामना केबलकार भोलि बन्द गरिँदै

मनकामना केबलकार भोलि बन्द गरिँदै

मनकामना केबलकार भोलि बन्द गर्न लागिएको छ । आकस्मिक मर्मत सम्भारका लागि भोलि बन्द गरिए पनि पर्सिदेखि नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।

एक महिनाअघि पनि मर्मतका लागि एक दिन केबलकार बन्द गरिएको थियो । चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म सञ्चालनमा रहेको केबलकारमा पछिल्लो २६ वर्षमा १ करोड ८४ लाख यात्रुले सेवा लिइसकेका छन् ।

टिप्पणीहरू