टुँडिखेलमा एक महिने ‘सीप मेला’, इच्छुकलाई अझै आवेदन खुला

टुँडिखेलमा एक महिने ‘सीप मेला’, इच्छुकलाई अझै आवेदन खुला
सुन्नुहोस्

राजधानीमा आजदेखि ‘सीप मेला’ सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आयोजनामा टुँडिखेलमा मेला सुरु भएको हो।

एक महिनासम्म हुने मेलामा दुई हजार ८१ जनालाई निःशुल्क सीपमूलक तालिम प्रदान गरिने छ । तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको छ । त्यसभित्र २९ प्रकारका पेशागत तालिम हुने महानगरले जनाएको छ ।

‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वःरोजगार बनाउनु, रोजगार तर सीप नभएकाहरुको व्यावसायिक स्तरवृद्धि गराएर आयमा वृद्धि गराउनु तालिमको मुख्य लक्ष्य छ । 

मेलामा अटो मोबाइल्स, निर्माण, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, सूचना प्रविधि, मेकानिकल वेल्डिङ र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियन, ब्युटिसियन (सौन्दर्य कला), डिजाइनिङ र पुरोहित तथा ज्योतिषसम्बन्धी प्रशिक्षण दिइनेछ ।
 
मेलामा सहभागी हुन तथा सीप सिक्ने चाहने १८ वर्ष उमेर पूरा भएका व्यक्तिले अझै पनि अनलाइन आवेदन दिनसक्ने महानगरले जनाएको छ ।

तस्बिरहरु


 

टिप्पणीहरू