एकीकृत समाजवादीको महाधिवेशन डेढ महिनापछि

एकीकृत समाजवादीको महाधिवेशन डेढ महिनापछि
सुन्नुहोस्

सत्तारुढ नेकपा एकीकृत समाजवादीको महाधिवेशन घोषित मितिमा नहुने भएको छ ।

पार्टीको आज बसेको केन्द्रीय सचिवालय बैठकले दशौँ राष्ट्रिय महाधिवेशन सार्ने निर्णय गरेको छ । यसअघि जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन आन्तरिक तयारी नपुगेकाले असारमा पुर्याइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 

असार १६ देखि २० गतेसम्म काठमाडौंमा महाधिवेशन हुने उनले जानकारी दिए । तल्लो कमिटीबाट माग भएबमोजिम महाधिवेशनको मिति सार्नु उपयुक्त हुने ठहर गर्दै उक्त निर्णय भएको पार्टीले जनाएको छ ।

टिप्पणीहरू