फुरुङ्ग बनाउने शे-फोक्सुन्डो (तस्वीरहरु)

फुरुङ्ग बनाउने शे-फोक्सुन्डो (तस्वीरहरु) -विमलराज डाँगी
सुन्नुहोस्

वरिपरि अग्ला पहाड र हरियो जंगल । बीचमा गाढा निलो रङमा सलबलाइरहेको ताल । पानी पिउन तालको किनारामा आइरहने चौँरी र नाउर । कान्जिरोवा हिमालको खबर बोकेर ओरालो झर्ने हिउँचितुवा र हिमालयन थार । वा भनौ चिसो बतासको धुनमा दोहोरी खेल्ले चराहरु । 

यस्तो दृश्य सम्झिरहँदा यदाकदा कुनै चित्रकारले क्यानभासमा कोरिरहेको चित्र जस्तो लाग्छ । तर, यो सुन्दर दृश्य फगत काल्पनिक चित्र होइन । हाम्रै आँखाले साक्षात्कार गर्ने दृश्य हो, शे-फोक्सुन्डो तालको । 

पछिल्लो समय डोल्पा कच्ची सडकको पहुँचमा पुगेसँगै शे–फोक्सुण्डोे तालले स्वदेशी तथा विदेशी पर्यटकहरुको ध्यान तानेको छ । समुद्री सतहबाट ३ हजार ९ सय ९० मिटर उचाइमा रहेको यो तालको गहिराई ६ सय ५० मिटर छ। यद्यपि,  ४.८ किमि लम्बाई र १.८ किमि चौडाई क्षेत्रफलमा फैलिएको यो ताल नेपालकै गहिरो ताल पनि हो । 

यसको अलावा नौ सय वर्ष पुरानो ऐतिहासिक रिग्मों गाउँले जो-कोहीलाई लोभ्याउछ । त्यस्तै विभिन्न गुम्बा, झरना र दुर्लभ वन्यजन्तुले पनि पर्यटकहरुको मन जितेको पाइन्छ । 

शे-फोक्सुन्डोको यथास्थित झल्काउने केही तस्वीरहरु हेरौँ :

 

टिप्पणीहरू