डिडिसीमा महाप्रबन्धक, खाद्यमा सीईओ मागियो

डिडिसीमा महाप्रबन्धक, खाद्यमा सीईओ मागियो
सुन्नुहोस्

दुग्ध विकास संस्थान (डिडिसी) मा रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी २१ दिनभित्र आवेदन दिन भनेको हो । 

मन्त्रालयको कर्मचारी प्रशासन शाखामा गोप्य शिलबन्दी आवेदन पेश गर्न भनिएको छ । सूचनामा ३० वर्ष उमेर पूरा भई ६० वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने उल्लेख छ । 

त्यस्तै, मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७६ बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा अधिकृतस्तर-व्यवस्थापकको हैसियतले कम्तीमा दश वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ । 

यता, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पनि दरखास्त मागिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै तोकिएको योग्यता पुगेका नेपाली नागरिकलाई आगामी २१ दिनभित्र आवेदन दिन भनेको हो । मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा आवेदन बुझाउनुपर्ने जनाइएको छ । 

सूचनामा मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका व्यक्तिले दरखास्त दिन पाउने उल्लेख छ । यससम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा राखिएको छ।

टिप्पणीहरू