फराकिलो मतान्तरमा एमाले विजयी हुँदा घण्टी चौथो, १६ जनाकाे जमानत जफत

फराकिलो मतान्तरमा एमाले विजयी हुँदा घण्टी चौथो, १६ जनाकाे जमानत जफत
सुन्नुहोस्

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ फराकिलो मतसहित विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बर खड्काभन्दा ५८ सय ३० मत बढी ल्याएका छन् ।

नेम्वाङले २७ हजार ७७२ मत ल्याउँदा खड्काले २१ हजार ९४२ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मत ल्याएर तेस्रो भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू ५ हजार ५० मत ल्याएर चौथो भएका छन् । मिलनलगायत पछाडिका १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।

यस क्षेत्रका सांसद तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि रिक्त भएको स्थानमा गत शनिबार उपनिर्वाचन भएको हो । सुहाङ नेम्वाङकै कान्छा छोरा हुन् । उनले कानुनमा स्नातकोत्तर गरेका छन् ।

उपनिर्वाचनमा स्वतन्त्रसहित १९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

टिप्पणीहरू