ठगबहादुर घुस्याहा ठहर, कैदसँगै लाखौं जरिवाना

ठगबहादुर घुस्याहा ठहर, कैदसँगै लाखौं जरिवाना

घुस लिएको आरोप लागेपछि बर्खास्तीमा परेका नेपाल प्रहरीका तत्कालीन डिएसपी ठगबहादुर केसी दोषी ठहरिएका छन् ।

विशेष अदालतले आज उनलाई २ वर्ष कैद र साढे आठ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रिजेन्द्र थापाको संयुक्त इजलासले केसीले घुस लिएको ठहर गर्दै उक्त सजाय तोकेको हो । 

उनले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) को कसूर गरेको अदालतको ठहर छ । इलाका प्रहरी बुटवलमा प्रमुख रहेका बेला बरामद सुन फिर्ता गर्नेक्रममा घुस लिएको आरोप लागेका केसीलाई गृह मन्त्रालयले त्यतिबेलै विभागीय कारबाहीस्वरुप बर्खास्त गरेको थियो ।

गत भदौ १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ लाख रुपैयाँ बिगो कायम गरी उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
 

टिप्पणीहरू